अमेरिकी सभामुख पेलोसीद्वारा बाइडनको जितसहित सदनमा बहुमत हुने दाबी

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार

ईहिमालयन

काठमाडौं, २० कार्तिक । अमेरिकाको प्रतिनिधिसभाकी सभामुख तथा डेमोक्रेटिक नेतृ न्यान्सी पेलोसीले आगामी राष्ट्रपतिको रूपमा जो बाइनको जित सुनिश्चित भएको बताएकी छिन ।

उनले सदनमा डेमोक्रेटिकहरूको समूहको तर्फबाट जारी गरेको विज्ञप्तिमा बाइडनले इलेक्ट्रोरल कलेजबाट जित्न सक्ने पर्याप्त मत पाउने अवस्था स्पस्ट पारेको उल्लेख गरेकी छिन ।

अन्तिम मत गणनाको परिणाम आउन अघि र राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च जाने बताइरहेका बेला पेलोसीले यस्तो जनाएकी हुन ।

उनले भनेकी छिन “ डेमोक्रेटहरूको बहुमतमा डेमोक्रेटिक ह्वाइट हाउससँगको साझेदारीमा असाधारण प्रगति गर्नुपर्ने अवसर हामीलाई प्राप्त हुने भएको छ । ”

ट्रम्पले हुलाकबाट आएको मतमा धाँधली भएको आरोप लगाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *