फ्रान्सको नाइस चर्च नजिक चक्कु आक्रमणमा दुईको मृत्यु

प्रकाशित : २०७७ कार्तिक १३ गते बिहिबार

ईहिमालयन

१३ कात्तिक, काठमाडौं । फ्रान्सको नाइस चर्च नजिक भएको चक्कु आक्रमणमा कम्तीमा दुईको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन ।

नोट्रे डेम क्षेत्रमा यो आक्रमण बिहिबार बिहान भएको थियो । सशसत्र प्रहरीद्वारा सुरक्षा अभियान सञ्चालन गरिने भएको छ ।

सो शहरका प्रहरी स्रोतलाई उल्लेख गरी फ्रान्सको मिडियाले एक महिला र एक पुरूष आक्रमणबाट ज्यान गुमाएको जनाएका छन । घाइतेहरूको अवस्था अझ अज्ञात रहेको छ ।

नाइस क्षेत्रका मेयर क्रिस्टियन एस्ट्रोसीले आक्रमणको योजना बनाउने पक्राउ परेको जनाएका छन ।

आक्रमणको उद्देश्य थाहा हुन सकेको छैन । यो क्षेत्रमा बम डिस्पोजल टोलीलाई परिचालन गरिएको छ ।

फ्रान्सको गृहमन्त्री गेराल्ड डारमानिनले देशमा आतंक आक्रमणको खतरा रहेको एक दिन पछि यो आक्रमण भएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *