सर्वोच्चबाट चुनाव जित्ने दाउमा ट्रम्प

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार

ईहिमालयन

काठमाडौं,१९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो पटक सर्वोच्च अदालतबाट चुनाउ जित्ने दाउ अगाडि फालेका छन ।

सर्वाधिक विभाजित परिस्थितिमा अमेरिकीहरूले राष्ट्रपति पदको मतदान भएको र प्रतिस्पर्धी जो बाइडनबाट कडा प्रतिस्पर्धा पाए पछि यो पटकको चुनाउ सर्वोच्चबाट जित्ने बाटो अँगालेका छन ।

सामान्यरूपमा राष्ट्रपतिको निर्वाचन परिणाम परम्परागत रूपमा रात भरि गनेर सार्वजनिक हुने गरेको भएपनि यो वर्ष भने यस्तो अवस्था देखिएको छ । मत गणना गर्न समय लम्बिएर एक सातासम्म लाग्ने पर्यवेक्षकहरूको भनाइ रहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यस अघि नै आफूले हारे सहजरूपमा सत्ता नछाड्ने बताएका थिए ।
लोकतान्त्रिक मापदण्डको विरोधमा ट्रम्पको अभिव्यक्ति आएको भनेर व्यापक आलोचना भएपछि उनले त्यो भनाइमा संशोधन गरेका थिए ।

तर प्रतिस्पर्धी बाइडनले ट्रम्पको अपेक्षा अनुसार कमजोर नदेखे पछि उनले सर्वोच्चमा जाने बताए ।

मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा बाइडनको सहज जित देखाएको थियो । साथै ट्रम्पले जिते झिनो मतअन्तरले जित्ने सर्वेक्षण पनि भएको थियो ।

मतगणनाको प्रवृतिलाई हेरे बाइडनले आफ्ना समर्थकहरूलाई धैर्य गरी बस्न भन्दै परिणाम आफ्नो जितको बाटोमै गइरहेको बताएका थिए ।

त्यसको केही बेरमा ट्रम्पले पनि अहिले धेरै मत गणना गर्न बाँकी रहेको र आफू जित्ने बताएका थिए । साथै हुलाकबाट आएका मतहरूका लागि सर्वोच्च अदालतमा जाने बताएका थिए ।

रातभरिमा पनि नसकिएर लम्बिन पुगेको मतगणनाको समय लम्बिदा बाइडनले अत्यधिक मतले जित्ने सम्भावना टाढिने पुगको छ ।

आफ्नो जित भएको भनेर पहिले नै दाबी गरिसकेका ट्रम्पले विपक्षीहरूले निर्वाचनमा धाँधली गरेर मत चोरेको आरोप पनि लगाइसकेका छन ।

तर पर्यवेक्षकहरूका अनुसार निर्वाचन प्रक्रियामा अहिलेसम्म धाँधली भएको पुष्टि हुन सकेको देखिएको छैन । अझै पनि विधिसम्मत तरिकाले मतदान गरिएका मतपत्रहरूको गणना हुने क्रम जारी नै रहेको छ।

दुई उम्मेदवारलाई २७०को इलेक्ट्रोरल गणपुरक संख्या पाउन दुईसय आँकडा पार गरिसकेपछि यी विवादहरू सार्वजनिक हुन पुगेका हुन ।

दुई पक्षबीच हुन कडा प्रतिस्पर्धाको कठोर परिणाम आउने प्रान्तको रूपमा चिनिएका ब्याटलग्राउन्ड स्टेटसको सम्पूर्ण परिणाम आउन बाँकी रहेको छ ।

एरिजोना बाइडनको पक्षतर्फ अघि बढ्दै गरेको जस्तो देखिएको छ । त्यसको अर्थ बाइडन पक्षधरहरूले विस्कन्सिन,मिशिगन र पेन्सिल्भेनिया जस्ता राज्यमा जित हासिल गरे बाइडन जित्ने सम्भावना बढेर जान्छ ।

ती तीनै राज्यमा बाइडनले ट्रम्पलाई पछ्याइरहेका छन । गणना गर्न बााँकी रहेका क्षेत्रहरू बाइडन पक्षधरहरूको रहेको छ ।

पेन्सिल्भेनियामा मात्रै हुलाकबाट मतदान गरिएका झन्डै १४ लाख मत गणना गर्न बाँकी रहेको छ । यी मतहरूलाई सूचीकृत गर्न समय लाग्ने भएको छ ।

यसैगरी मिशिगनमा डेट्रोइट र विस्कन्सिनमा मिल्वाकी जस्ता ठूला सहरको पनि पूर्ण मतगणना परिणाम आउन बाँकी नै छ । यी क्षेत्रहरू बाइडनको पक्षमा जान सक्न सम्भावना रहेको पर्यवेक्षकहरूको बुझाइ रहेको छ ।

ट्रम्पको जित हुने देखिएको जोर्जियामा बाइडनले जित हात पारेका छन ।

बाइडनले आफू जितको बाटोमा रहेको दाबी गरिरहँदा ट्रम्पले निर्वाचनमा धाँधली भएको बताउनाले यो परिणाम विवादित हुने देखिएको छ ।

ट्रम्पले पहिला पनि सहजै सत्ता नछोडने दिएको अभिव्यक्तिले ट्रम्प आफू जित्न नसक्ने मनोविज्ञानबाट प्रभावित रहेको प्रस्ट हुन्छ ।

यस्तो विवादित परिदृश्यको आँकलन ट्रम्पले स्पस्ट देखेको अर्को कुरो सर्वोच्च नियुक्तिको प्रकरणले प्रस्ट पार्छ ।

सर्वोच्च अदालतमा निर्वाचनको विवाद गए त्यहाँ रिपब्लिकन पक्षधर न्यायाधीशको वर्चस्व कायम गर्न अमेरिकाको सामान्य प्रचलनलाई तोडेर निर्वाचनको अन्तिम मिति हुन अघि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न लगाएका थिए ।

सामान्यतया निर्वाचन हुने वर्षको जुलाई यता कुनै पनि राष्ट्रपतिले कुनै न्यायाधीशको नियुक्ति गरेको देखिदैन । बराक ओबामाले पनि न्यायाधीशको नियुक्त आगामी राष्ट्रपतिका लागि छोडेका थिए । तर ट्रम्पले त्यस्तो गर्न चाहेनन ।

ट्रम्पले अक्टोबर २७का दिन न्यायाधीश एमी कोनी ब्यारेटको पद तथा गोपनीयताको सपथ दिलाउने कार्यक्रमको आयोजना ह्वाइट हाउसमा गर्न लगाएका थिए ।

द न्योयर्क टाइम्सले जनाए अनुसार बाइडनले २२७ र ट्रम्पले २१३ इलेक्ट्रोरल मत प्राप्त गरेका छन ।

९ जना सर्वोच्चका न्यायाधीशहरूमा एमीको सपथ पछि रिपब्लिकन पार्टीको तर्फबाट नियुक्त भएका ६ जना न्यायाधीश भए भने डेमोक्रेटबाट नियुक्त ३ जना मात्र भएको अवस्था छ ।

निर्वाचन विवाद सर्वोच्चमा गए र सर्वोच्चका न्यायाधीशहरूको मत विभाजन हुँदा निर्णय ट्रम्पको पक्षमा जान सकिने स्पस्ट रहेकोले कतिपयले ट्रम्पले यो पटक सर्वोच्चबाट चुनाउन जित्ने दाउ फालेका हुन ।

यो पटकको चुनाउ ट्रम्पले दुई कारणले जित्न भरमग्दुर प्रयास गरिरहेका छन । पहिलो रिपब्लिकनका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको सन् १९९२मा पराजय भोगेर दोस्रो पदावधिका लागि नजितेको इतिहास बनाउन ट्रम्प चाहँदैनन। अर्कोतर्फ ट्रम्प पराजित भएमा उनलाई कतिपय फौजदारी अभियोगको सामना गर्नुपर्ने अवस्था रहेको छ ।

आफू राष्ट्रपति बन्न पाए ती अभियोगका लागि चाहिने हदम्याद गुजार्न पदको उपयोग गर्न पाउनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *