काठमाडौं धापासीमा छुरा प्रहारबाट २४ बर्षीय युवकको मृत्यु

प्रकाशित : २०७७ कार्तिक १४ गते शुक्रबार

ईहिमालयन

काठमाडौं, १४ कात्तिक । टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको छ ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *