प्रकाशित मिति : २०७७, ३ भाद्र बुधबार ११: ४९
ईहिमालयन

३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन्।
बुधबार घिमिरेको निवासमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्।
राष्ट्रकवि घिमिरेको मंगलबार एक सय एक वर्षको उमेरमा निधन भएको थियो।
घिमिरेको शवलाई स्कर्टिङ गरेर नेपाली सेनाले पशुपति आर्यघाट लैजाने भएको छ। उनको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार घिमिरेको अन्तिम श्रद्धाञ्जलीमा नेपाली सेना र सशस्त्र प्रहरीको एक-एक टुकुडीले सलामी अर्पण गर्ने छ।
सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथीको उपाधि दिएको थियो।
