टस जितेर ओमानविरुद्ध फिल्डिङ गर्दै नेपाल

ईहिमालयनएनपीडटकम

प्रकाशित मिति : २०७६, २१ माघ मंगलवार २१: २८

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल सुरु भएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले  टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।

नेपालसहित अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत नेपाल र ओमानले उद्घाटन खेल खेल्न लागेका हुन्। नेपालले एक दिवसीय मान्यता पाएपछि घरेलु मैदानमा पहिलो पटक ओडिआई सिरिज खेल्न लागेको हो।

नेपाली प्लेइङ–११
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, पारस खड्का, शरद भेषावकर, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अबिनास बोहरा, रोहितकुमार पौडेल, सुशन भारी

ओमान प्लेइङ–११
जिशान मक्सुद (कप्तान), जतिन्दर सिंह, अबिब इलास, महम्मद नदिम, खवार अली, अकिव अली, सन्दीप गौड, महम्मद नसीम, बादल सिंह, कलीमुल्लाह, बिलाल खान

माघ २९ गतेसम्म चल्ने सिरिजमा २३ गते ओमान र अमेरिका, २५ गते नेपाल र अमेरिका, २६ गते नेपाल र ओमान, २८ गते अमेरिका र ओमान तथा २९ गते नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *