फेरी एक पट्क अर्पण थापाको क्राईम थ्रिलर सिनेमा ‘तीन जन्तु’ ले बजारमा तहलका मचाउने

प्रकाशित मिति : २०७७, १३ असोज बुधबार १९: ५०

ईहिमालयन

१३ असोज काठमाडौं । फेरी एक पट्क अभिनेता, लेखक तथा निर्देशक अ अर्पण थापाको क्राईम थ्रिलर सिनेमा ‘तीन जन्तु’ ले बजारमा तहलका मचाउने भएका छन ।

थापाको निर्देशनमा तयार भएको क्राईम थ्रिलर सिनेमा ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ ।

टिजरमा वि.सं २०३० को एक रात, एउटा घर, दुईजना चोर अनि २ वटा बाकसको पेरिफेरीमा घुम्ने कथाको केहि झलक देखाईएको छ।

सिनेमाका मुख्य कलाकार अर्पण थापा, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ र रोविन तामाङ केहि फरक अवतारमा टिजरमा देखिएका छन्।

सिनेको रिलिज डेट पौषको १७ गतेका लागि तोकिएको छ । यद्यपि कोरोनाका कारण प्रदर्शन मिति परिवर्तन हुनसक्ने निर्देशक थापाले बताए ।

केहि फरक शैलीमा सिनेमा निर्माण गर्न रुचाउने अर्पण थापाले यस अघि ‘घर’, ‘सुनकेशरी’, ‘मुखौटा’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन्।

साभार : जक्सन डट्कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *