शुक्रबार थपिए कोरोनाका ३५१७ जना संक्रमित, ४०९६ जना संक्रमणमुक्त

प्रकाशित : २०७७ कार्तिक १४ गते शुक्रबार

ईहिमालयन

१४ कात्तिक, काठमाडौं । नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४९८९ जनाको पिसआर परिक्षणमा ३५१७ जना थपिएसंगै कुल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको हो ।

यस्तै थप ४ हजार ९६ जनाले कोरोना संक्रमणलाई जितेसंगै हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार थप १६ जनाको संक्रमणबाट मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *