सरकार जनताको स्वास्थ्यका लागि गम्भीर छ, भ्रममा नपर्नूः प्रवक्ता गुरुङ

प्रकाशित : २०७७ कार्तिक ३ गते सोमबार १८ : १०

ईहिमालयन

३ कात्तिक, काठमाडौं ।   सरकारले नागरिकको उपचारबाट हात झिकेको भन्ने भनाईको खण्डन गरेको छ ।

सोमबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले राज्यले कसैलाई पनि उपचारबाट बञ्चित नगर्ने नीति लिएको जानकारी दिए ।

‘विशेषतः सरकारको प्राथमिकतामा आर्थिक रुपले विपन्न वर्ग, असहाय, अशक्त, एकल महिला, अपाङ्गता, जेष्ठ नागरिकका लागि निशुल्क उपचारको व्यवस्था गरेको छ । राज्यले कसैलाई पनि उपचारबाट बञ्चित नगर्ने नीति लिएको छ । त्यसको निम्ति प्रबन्ध मिलाएको छ । सरकार जनताको जीवन र स्वास्थ्यका लागि गम्भीर र संवेदनशील छ । भ्रममा नपर्नूहुन अनुरोध गर्दछु ।’

उनले राज्यले सबै नागरिकको स्वास्थ्य उपचारको व्यवस्थापन र प्रबन्धन मिलाएको बताए । प्रवक्ता गुरुङले सरकारले स्वास्थ्य संरचनाहरुको विस्तार गरेको र परीक्षणको दायरा फराकिलो बनाएको साथै उपचारको सुविधा उपलब्ध गराएको जानकारी दिए ।

काठमाण्डु उपत्यकामा दुई हजार एचडियू बेड संख्या थप गर्ने र अन्य जिल्लामा दुई सय एचडियू बेड १५ दिनभित्र राख्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको मन्त्री गुरुङले जानकारी दिए ।

त्यस्तै सरकारले काठमाण्डु उपत्यकाका क्वारेन्टाइन रहेका स्थानलाई आइसोलेसन बनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *