बलिउड गायिका नेहा कक्कर आज विवाह बन्धनमा बाँधिदै

प्रकाशित : २०७७ कार्तिक ८ गते शनिबार ११: ४०

ईहिमालयन

कार्तिक ८। बलिउड सुन्दरी गायिका नेहा कक्कर आज विवाह गर्दैछिन् । हिमांश कोहली, आदित्य नारायण झा लगायतका गायकहरुसँग प्रेममा रहेकी नेहाले अन्ततः प्रेमी रोहन प्रीतसँग आज विवाह गदैैछिन् ।

भारतीय सञ्चार माध्ययमका अनुसार नेहा बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहाको परिवार दिल्ली पुगिसकेका छन् ।

कोरोना महामारीका कारण निकै कम आफनत र शुभचिन्तकका बिचमा नेहाले विबाह गर्न लागेको बुझिएको छ । नेहाले पञ्जावी परम्परा अनुसार विवाह गर्न लागेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *