पारस बने महिन्द्रा गाडीको ब्रान्ड एम्बेसडर, चढ्न थाले ५१ लाखको गाडी

ईहिमालयनएनपीडटकम

प्रकाशित मिति : २०७६, १४ फाल्गुन बुधबार १५: १६

१४ फगुन, काठमाडौं । महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले नेपाली क्रिकेटर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । बुधबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच उनलाई अग्नि इन्कर्पोरेटले एम्बेसडरमा नियुक्त गरेको हो ।

खड्काले अब कम्पनीको महिन्द्राको महिन्द्राको एक्सयुभी ३०० चढ्न सुरु गरेका छन् । खड्कालाई अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गाडीको चावी हस्तानतरण गरे ।

ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त भएलगत्तै खड्काले ५० लाख ७५ हजार मूल्यको महिन्द्रा एक्युभी ३०० को ‘डब्लु ८’ भेरियन्ट चढ्न सुरु गरेका हुन् । खड्काले आकर्षक, सुरक्षित र स्तरीय पर्फर्मेन्स भएको गाडी भएकाले आफ्नो रोजाइमा महिन्द्रा परेको बताए ।

यसअघि पारस यही समूहको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको पनि ब्राण्ड प्रबर्द्धक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *