ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई

ईहिमालयनएनपीडटकम

प्रकाशित मिति : २०७६, ३ फाल्गुन शनिबार १५: ४५

काठमाडौँ — शहिद स्मारक ए डिभिजन लिगको २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले आर्मीलाई १-० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । 

खेलको ३४ औँ मिनेटमा मछिन्द्रका रजीन धिमालको फ्री किकमा आर्मीका डिफेन्डर विकास तामाङले आफ्नै पोष्टमा गोल गरेका थिए।

मछिन्द्रले ३१ अंक जोड्यो भने आर्मी २९ अंकमा सीमित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *