चन्द्रयान एपोलो एघारका चालकको नब्बे वर्षमा निधन

ईहिमालयन

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार

काठमाडौं, १६ बैशाख ।  अमेरिकी चन्द्रयान एपोलो एघारको चालक भएर निल आम्र्सस्ट्रङसँग चन्द्रममा पुग्ने बिर्सिएका खगोलशास्त्रीको रूपमा चिनिएका माइकल कोलिन्सको ९० वर्षकोे उमेरमा निधन भएके छ ।

२० जुलाई १९६९मा निल आम्र्सस्ट्रङ र बज एल्ड्रिन चन्द्रमाको सतहमा हिँडने पहिला मानवहरूको रूपमा सो चन्द्रयानमा थिए भने त्यो यानको चालकको जिम्मेवारी कमान्डलिएर कोलिन्स गएका थिए । बुधबार उनको ९० वर्षको उमेरमा निधन भएको छ ।

उनको परिवारकोे तर्फबाट निकालिएको विज्ञप्तिमा क्यान्सरबाट मृत्यु भएको जनाइएको छ ।ऐतिहासिक अभियानमा गएका तेस्रा खगोलशास्त्रीलाई बिर्सिएको भनि चिनिने गरिन्छ ।

सो चन्द्र अभियानमा गएका दुई अन्तरिक्ष यात्री फर्केर यानमा आएका थिए तर उनले २१ घन्टासम्म एक्लै यानको कमान्ड गरेका थिए ।
चन्द्रमाको परिक्रमा लगाउँदै हस्टन नियन्त्रण कक्षमा पटक पटक उनको नियन्त्रण भङ्ग हुने गरेको उनको परिवारले जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ ।

क्यारिङ द फायर नामक आफ्नो जीवनीमा कोलिन्सले मैले अन्य दुई भन्दा एपोलो एघारमा बस्नेहरूमा म राम्रो थिएँ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्ने उल्लेख गरेका छन् । अमेरिकी अन्तरिक्ष अध्ययन संस्थानका कार्यवाहक प्रशासक प्रमुख स्टिभ जुस्कीले कोलिन सच्च अगुवा भनेर श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन् ।

एल्ड्रिनले उनको निधनप्रति शोक व्यक्त गरेका छन् । कोलिन सन्३१ अक्टोबर १९३०मा रोममा जन्मेका थिए । सोही वर्ष सन् २०१२मा निधन भएका आम्र्सस्ट्रङ र एल्ड्रिन पनि जन्मेका थिए ।

सन् १९५२मा स्नताक गरेपछि उनी अमेरिकी सेनाका मेजरल जनरलका छोराको रूपमा कोलिन्सले वेस्ट पोइन्टमा अमेरिकी सैनिक प्रतिष्ठानमा कार्य गरेका थिए । कोलिन्सले हवाई सेनाको परीक्षण चालकको रूपमा काम सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *